#IOE #TU #CORONA

हिजो राति पढ्दै थिए, अचानक आवाज आउँछ, परीक्षा सर्यो । सबै नाचेको, गायको देखिन थाल्यो । चेक गर्दा, आधिकारिक खबर पाउन सकिन । एकछिनमा हल्ला बन्द गर्छन कि भनेको, आवाज झन् चर्कियो । पढ्न सकिँदैन भनि सुते । अचम्म लाग्छ, ई. अ. स को परीक्षा लिन २० दिन लाग्छ । अरुदिन लाग्थ्यो समय प्रशस्त छ तर आजभोलि समय लम्बिए जस्तो लाग्छ । पहिला सोचेको थिए, नेपाल नआएको कोरोनाको के डर । पछि जाँच गर्ने किट नभएको, लापरवाही भएको सुन्दा पो त्रासित भए । कसको त भरोसा गरेछु भन्ने लाग्यो । सरकारले निर्णय गर्छ, एस. ई. ई स्थगित गर्ने, त्यो पनि विद्यार्थीले सम्पूर्ण तयारी गरेर सकेपछि । ई. अ. स को त कुनै समाचारमा हुन्छ भन्ने कुनैमा हुन्न । सञ्चार माध्यमले ठगी गरेको पनि देखियो । विद्यर्थीहरु अन्योलमा भएको ख्याल नै नहुँदो रहेछ ।

परीक्षाबाट यति डर लाग्दो रहेछ कि नहुँदा सबै रमाउन थाले, यसमा शिक्षा नीतिको कमजोरी भनौ कि विद्यार्थीको ?तयारी भएपछि परीक्षा स्थगित भए नमिठो लाग्छ तर रोगको जोखिम पनि त बोक्नु छैन । सरोकारवालाहरुले निर्णय छिटो गरे हुन्थ्यो, हामीलाई पारदर्शीताका साथ यस त्रास र अन्योलबाट मुक्त गरे हुन्थ्यो ।


#IOE #TU #CORONA

Mar 19, 2020, 6:19 AM

Next Post Previous Post
No Comment
Add Comment
comment url